अर्घाखाँचीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि,२९ जना कोरोना मुक्त

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ५ जना,शितगंगा नगरपालिकामा १ जना र मालारानी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २३ सय ५७ पुगेको छ भने पछिल्लो २४ घण्टामा जिल्लाभर बाट २९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भए सँगै हाल सम्म डिस्चार्ज हुनेको संख्या २ हजार १० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ८५ पुगेको छ । यस्तै कोरोना संक्रमण बाट हाल सम्म जिल्लामा मृत्यु हुनेको संख्या ६२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close