घरेलु कार्यालय अर्घाखाँचीको आयोजनामा ४५ दिने सीप विकास तालिम सन्धिखर्कमा सुरु

सागर महत,मंसिर १५अर्घाखाँची ।
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा ४५ दिने बुटिक–सम्बन्धी सीप विकास तालिम सन्धिखर्कमा सुरु भएको छ। तालिमको उद्घाटन गर्दे सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यले पछिल्लो समय बेरोजगारीका कारण पनि महिला हिंसा बढ्दै गएको बताउनुभएको छ ।
पछिल्लो समय श्रीमान विदेशमा र छोराछोरी पढाउनै का लागि गाउँबाट शहर आउने र बढी मात्र सामाजिक संजाल चलाउदा र सिप , रोजगारका कार्यक्रमा चासो नदिदा र एउटै परिवारको सदस्य मा आर्थिक अवस्थामा भर पर्दा विभिन्न चुनौती आउने गरेको र त्यस्ता उजुरी नगरपालिकामा पनि दर्ता हुने गरेको नगरउपप्रमुख आचार्यको भनाई छ ।

महिलालाई सीप सिकाएर उद्यमी बनाउने उदेश्यले तालिम संचालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकी कार्यालय प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।अहिलेको परिवेश अनुसार महिला दिदिबहिनीको माग बमोजिम तालिम संचालन गरिएको उहाँको भनाई छ ।सीपको सोहि सदुपयोग गर्न सुचना अधिकारी हुमबहादुर विकले आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close