कमल खड्काको लोक गीत उमेर भैसको सार्वजनिक

सन्धिखर्क,मंसिर १५।अर्घाखाँचीको मालारानी गाउँपालिका ५बाँगीमा जन्मनु भएका कमल खडकाले लोक गीत उमेर भैसको सार्वजनिक गर्नुभएको छ।
सानै उमेरबाट सांगीतिक क्षेत्रमा रुचि राख्ने उहाँ स्कुल देखि विभिन्न ठाउँमा हुने सांस्कृतिक कार्यक्रम सहभागी भएर आफ्नो प्रस्तुति राख्नु मात्र नभई तीहारमा नाच्ने भैलो नाचमा भटटाउदा धेरै दर्शकले रुचाउने स्थानीय कलाकारको रुपमा परिचीत बनाउन सफल रहनुभएको थियो।यस्तै उहाँ कै स्वर रहेका केहि गित पनि यश अघि पनि सार्वजनिक भएका छ्न।
पछिल्लो समय सरकारी सेवामा प्रवेश गरे पनि सांगेतिक माया अझै कमी छैन।सोही अनुसार युवा उमेर समुहलाई समावेश लोग गीत बजारमा ल्याउनुभएको छ।जसमा स्वर कमल खडका,चर्चित गायिका शान्ति श्री परियारको रहेको छ।यस्तै शब्द पनि कमल खडका कै छ भने एरेन्ज बिनोद बाजुराली हो।मोडल मा रितु बस्नेत र तेजेन्द्र परियार रहनुभएको छ।रानी म्युजिकबाट उत्पादन भएको गीत KB Khadaka युटुव च्यानलमा राखिएको छ।




कमेन्ट गर्नुहोस !