अर्घाखाँचीमा बालिकालाई विवाह गराउने २जना पक्राउ

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीमा १२ नाबालिकाको विवाह गराएको अभियोगमा २जना पक्राउ परेका छन् । ललाई फकाई विवाह गराईदिने भुमिकास्थान नगरपालिका वडा नम्बर ९ की सकुन्तला सारु र विवाह गर्ने सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का मुमाराम बि.क. लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक (डिएसपी) चक्र बहादुर मल्लले जानकारी दिनुभयो।
सकुन्तलाले काम लगाईदिने भन्दै १२ वर्षिय बालिकालाई घरमा बोलाएर मुमारामको जिम्मा लगाएको र त्यसपछी मुमारामले बालिकालाई सिंदुर पहिराएर घरमा भित्राएको भन्दै बालिकाको अंकलले जाहेरी दिनुभएको थियो ।
बालविवाह सम्बन्धी जाहेरी परेपछी प्रहीले मुमारामलाई उनको निवासबाट नियन्त्रण लिएको हो ।
अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान जारी रहेको सुचना अधिकारी विष्णु प्रसाद पौडे्लले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !