शितगंगा पिकअप जिप दुर्घटनाका घाइतेलाई बुटवल रिफर,१को अवस्था गम्भिर

सागर महत,कार्तिक ०३ सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १ जलुके खोलामा बोलेरो पिकअप जीप दुर्घटना भएको छ ।दुर्घटनामा परि शितगंगा १ घर्तीसेरा कि अन्दाजी ३० वर्षिय देवका सोमै मगर गम्भिर घाइते हुनुभएको छ ।उहाँलाई थप उपचारको लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
आईतबार राति भएको दुर्घटनामा घाइते यमकला बैजाली, कमल भट्टराई चालक, सुदन खनाल र बिजय सोमै मगरलाई पनि थप उपचारको लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी झलक शर्माले जानकारी दिनुभयो ।
अमराईबाट सब्दु हुँदै सुवर्णखालतर्फ जाँदै गरेको लु २ च ७०३५ नम्बरको बोलेरो पिकअप जीप शितगंगा १ जलुके खोलामा दुर्घटना भएको थियो ।
कमेन्ट गर्नुहोस !