संघिय खानेपानी कार्यालय अर्घाखाँचीमा राख्न राजनितिक दलहरुको आग्रह

अर्घाखाँची ,साउन २७।अर्घाखाँचीका क्रियाशिल राजनैतिक दलहरुले संघिय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँचीलाई रुपन्देही स्थानान्तरण गर्न लागेको भन्दै दलहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।


प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। क्रियाशिल राजनितिक दलका प्रमुख/प्रतिनिधिको हस्ताक्षर र पार्टीको आधिकारिक छाप लगाएर ज्ञापनपत्र बुझाएका थिए । राजनैथिक दलहरुले खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँची जिल्लाबाट स्थानान्तरण गर्ने कार्य तत्काल नरोकिए आन्दोलनमा उत्रने जनाएको छ ।

ज्ञापन पत्रमा भनिएको छ, “संघीय संरचना अनुसार खानेपानी तथा सरसफाइ सेवा जनस्तरसम्म पु¥याउन अर्घाखाँचीमा स्थापित कार्यालयलाई रुपन्देहीमा गाभ्ने निर्णयले हामी सबैलाई गम्भीर र मर्माहत बनाएको छ। यो निर्णय तत्काल संशोधन गरी साविककै अवस्थामा कार्यालय सञ्चालनको व्यवस्था मिलाउन जोडदार माग गर्दछौं।”अन्य जिल्लाहरूमा साविकका कार्यालय पुनः सञ्चालनमा ल्याइएको तर अर्घाखाँचीमा मात्र यो सुविधा कटौती गरिएकोप्रति दलहरूले सरकारको पक्षपातपूर्ण निर्णयको आलोचना गरेका छन्।

ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनाल, नेकपा एमालेका उपाध्यक्ष शम्भु प्रसाद पोख्रेल, नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज ठाकुर कुमार बि.क., राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि प्रसाद भुसाल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन बहादुर के.सि., जनता समाजवादीका जिल्ला ईन्चार्ज नेत्र बहादुर थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला प्रवक्ता विनोद आचार्य, काङ्ग्रेस जिल्ला सदस्य लिलाराम गौतम, हरि प्रसाद दमासे, जनमोर्चाका नेता गोबिन्द भट्टराई लगायतका नेताको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close