७सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडों । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।७ हजार ३सय ४ पीसीआर परीक्षणमा ६सय ५६ र २ हजार ७सय९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ सय १३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यससँगै हाल समम् कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।अब देशभर २४ हजार ३सय १३ जना सक्रिय कोरोना संक्रमति रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको २१ हजार तीन सय ६० मात्रा खोप लगाइएको छ । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ५५ लाख ७८ हजार आठ सय ६५ र एक मात्रा लगाउनेको सङ्ख्या ६२ लाख तीन हजार तीन सय १६ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close