मालारानीमा शिक्षा र कृषि लगायका क्षेत्रमा प्राथामिकता राखेर काम गरेका छौंःअध्यक्ष आचार्य

सागर महत /अर्घाखाँची।
अर्घाखाँचीको मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९को बजेटमा समावेश हुने गरि विपन्न र लगनशील विद्यार्थीको लागि उच्च शिक्षा अध्यायनलाई पोेत्साहन गर्नको लागि मेडिकल साइन्स,भेटनरी साइन्स,एगीकल्चर साइन्स र इजिनियरिङ साइन्स लगायकतका प्राविधिक शिक्षातर्फका संकायका विद्याथीलाई छात्रवृत्ति कोषको स्थापना गरि संचालन गर्ने गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकाले हाल सम्म १ हजार १सय १९ घरधुरी खरको छानामुक्त गरेको छ भने बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउनको लागि ६ करोड रकम बाट सहुलियत व्याज मा ऋणमा प्रदान गर्नको लागि कार्यान्वयनमा लगिएको गाउँपालिकालको आर्थिक वर्ष २०७७/०७८ मा सम्पादित कार्यहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आचार्यले यस्तो बताउनुभएको हो ।अर्के तर्फ पालिकामा सुविधा सम्पन डाक्टर नर्स राखी पालिकाले कोभिड अस्पताल संचालन गरि सेवा विस्तार गरिएको आचार्यको भनाई छ ।
यस्तै
महालेखाले देखाएको बेरुजी रकम मध्ये गाउँपालिका भित्र रहेका १ वडा देखि ९ वडा सम्मका करारका कर्मचारी र गाउँपालिकाले कोभिड अस्पतालमा करार नियुत्ति गरेका डाक्टर नर्सको तलब ९३ लाख बेरुजी देखाएको गाउँपालिका लेखा अधिकृत खुबिराम पन्थीले जानकारी दिनुभयो ।

झोलेङ पुलका निर्माणका लागि उपभोक्ता समितिलाई दिएको ८ लाख ८४ हजार ७ सय ५६ रहेको प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले जानकारी दिनुभयो । १६ लाख २२ हजार ६ सय ३७ रूपैया निर्माण व्यवसायीले जोखिमयुत्त ठाउँमा ज्यालादारी कामदारको विमा गर्नुपर्ने रकम रहेको योजना प्रमुख नेत्रप्रसाद खनालले बताउनुभयो । गाउँपालिका लेखा अधिकृत खुबिराम पन्थीका अनुसार महालेखाले हाम्रा पालिका भित्रका फाइल राम्रो सँग हेरेको भए बेरुजु रकम गाउँपालिकाको करिव १२ लाख हो ।फाइल राम्रो संग हेरिएन सदरमुकाम बाट हेरीयो आवश्यक परेको खण्डमा सत्य तथ्य लेखा सम्बन्धी जानकारी दिन तयार रहेको बताउनुभयो ।यस्तै बेरुजु रकम लाई भ्रष्टाचार भन्नु गलत समेत रहेको पन्थीले बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री,वडा अध्यक्ष ,कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको कार्यक्रमको संचालन प्राविधिक हरिशचन्द्र पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close