मालारानीमा भूकम्प सुरक्षित भवन निर्माण सम्बन्धी कालीगढ तालिम सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिकामा भूकम्प सुरक्षित भवन निर्माण सम्बन्धी कालीगढ तालिम एक कार्यक्रम बीच समापन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेश शाखाद्वारा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी, अर्घाखाँची जिल्ला शाखाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
मंसिर २५ देखि २९ गतेसम्म वडा नम्बर ६ को रतनमारेमा संचालित भूकम्प सुरक्षित भवन निर्माण सम्बन्धी कालीगढ तालिम एक कार्यक्रम बीच समापन गरिएको मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर
भट्टराईले बताउनुभयो ।तालिममा १८ जना सहभागीता रहेको थियो ।तालिम संयोजकमा उमेश कंडेल रहनुभएको थियो ।
कमेन्ट गर्नुहोस !