अर्घाखाँचीमा नयाँ प्रमुख जिल्ला अधिकारीको आगमन कर्मचारीद्वारा स्वागत

सन्धिखर्क ।सहज सार्वजनिक सेवा प्रवाह कर्मचारीहरुको प्रमुख र पहिलो दायित्व भएको अर्घाखाँचीका नयाँ प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले बताउनुभएको छ ।
गृह मन्त्रालयले चैत्र ०६ गते गरेको सरुवामा अर्घाखाँची पदस्थापन भएका प्रजिअको एक कार्यक्रमबीच निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समितिले स्वागत गरेको हो ।

 


कार्यक्रममा प्रजिअ खत्रीले नीति, नियम, विधी र पद्दतीलाई शिरोधार्य गर्दै सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य रहेको भन्दै सेवा प्रवाहका शिलसिलामा निजामती कर्मचारीहरुलाई आई पर्ने समस्या र त्यसको निराकरण, समन्वयन र सहजीकरण गर्न आफू हरदम तयार रहेको बताउनुभयो । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले कर्मचारीहरुको हकहितका साथै वकालत, सहजीकरण, समन्वय गर्नुका साथै जिल्लामा आउने नयाँ कर्मचारी र सरुवा भएर जाने कर्मचारीहरुको स्वागत बिदाई गर्ने गर्दछ ।


कार्यक्रममा सिबिए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्माले चुस्त दुरुस्त सेवा प्रवाहको लागि कर्मचारीहरुका अभिभावक प्रमुख जिल्ला अधिकारीले खटाएको र लगाएको काममा बिना कुनै शर्त हरदम लाग्ने प्रतिवद्धताका साथै लगाउन विशेष अनुरोध गर्नुभएको हो । कार्यक्रम जिल्लामा नेपाल निजामती कर्मचारीका का वा अध्यक्ष दिपक पाण्डे, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गणेश भण्डारी र राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव सापकोटा, सिबिएका पदाधिकारी, संगठनका केन्द्रीय सदस्य दिलिप केसी लगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा जिल्ला समन्वय अधिकारी ऋषिराम भुसालको पनि स्वागत गरेका थिए ।कार्यक्रम प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीको प्रमुख अतिथ्यता, सिबिए अध्यक्ष कृष्ण वर्माको अध्यक्षता र सचिव दुर्गा बहादुर वि.क.को संचालनमा सम्पन्न भएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close