अर्घाखाँचीमा लैङ्गिक विभेद आफन्त र छिमेक बाट हुने गरेको सरोकारवालाहरुको भनाइ

सागर महत,मंसिर १६अर्घाखाँची ।
अर्घाखाँचीमा लैङ्गिक विभेद आफन्त र छिमेक बाट हुने गरेको सरोकारवालाहरुले बताएका छन । लैङ्गिक विभेदका कारण समाजमा हुने अपराध रोकथाम तथा नियन्त्रणका लागि शिक्षामा स्थानीय सरोकारवालाहरुको भुमिका विषयमा शिक्षाको लागि राष्ट्रिय अभियान नेपालले सन्धिखर्कमा राखेको कार्यक्रममा बोल्ने बक्ताले यस्तो बताएका हुन ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बढ्दै गएको लागु औषधी नियन्त्रण र हिंसाका घटना विद्यालयबाट पनि सुधार गर्न सकिने भएकाले अभिभावक, विद्यार्थी र शिक्षक बिच सुमधुर सम्बन्ध हुनुपर्ने विषयमा जोड दिनुभयो । विद्यार्थीहरु जहिले पनि सकरात्म सोच विचारका साथ अगाडि बढेमा मात्र लैङ्गिक विभेद न्युनिकरण गर्न पनि सहज हुने बताउनुभयो ।

सन्धिखर्क नगरपालिका २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता मोतीजंग रायमाझीले जिल्लामा पछिल्लो समय लागुऔषध बढ्दो प्रयोकर्ता बढी भएकाले यो रोकथाममा चुनौती भएको बताउनुभयो ।यसको सुधारमा बजार क्षेत्रका विद्यालय र लागु औषध प्रयोग गर्नेको कार्य क्षेत्र पहिँचान गरि आवश्यक कानुनी दायरामा ल्याउन जरुरी रहेको भनाइ राख्नुभएको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल अर्घाखाँचीका अध्यक्ष ठाकुर प्रसाद अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमको उदेश्य सचेतना मार्फत केहि सुधार ल्याउनु हो ।जसमा जनप्रतिनिधिको पनि जिम्मवारी पुर्ण साथ चाहिने बताउनुभयो ।उहाँका अनुसार आफुहरुले यो अभियानको क्रममा जिल्लाका भुमिकास्थान नगरपालिका ,सन्धिखर्क नगरपालिका लगायतका पालिका को कार्यक्रममा लैङ्गिक विभेद विद्यालय देखि समुदाय सम्म भेटेको बताउनुभयो ।


कार्यक्रमा शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल अर्घाखाँचीका सदस्य कुलबहादुर नेपाली,फर्सुराम पाण्डे, पत्रकार महासंघ अध्यक्ष गणेश खनाल,सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियार,जिल्ला शिक्षा विकाश समन्वय इकाइकी अन्जु पौड्ेल, नेपाल बाल संगठन अर्घाखाँचीका अध्यक्ष रामचन्द्र ढुंगाना,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका शेषनारायण भारती,संदेश सहयोगका पार्वता आचार्य , शिक्षक विष्णु पोखरेल,विद्याथीहरु मनिसा मुखीया सिम्रन आचार्यले लैङ्गिक विभेद हटाउन सबै एक जुट हुनुपर्ने विषयमा जोड दिनुभएको हो ।

कार्यक्रम केशव पन्थीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधि ,शिक्षासँग सम्बन्धित कर्मचारी, शिक्षक, अभिभावक, स्थानीय समुदायका अगुवाहरूको पनि सहभागीता रहेको थियो ।









कमेन्ट गर्नुहोस !