नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सन्देश कार्यक्रम सम्पन्न

सागर महत,मंसिर २४सन्धिखर्क ।
नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको आयोजनामा एकता सन्देश कार्यक्रम सन्धिर्कमा सम्पन्न भएको छ ।सभालाई सम्बोधन गर्दे पुर्व कृषि मन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी का नेता डक्टर बेदुराम भुसालले कार्यकर्ताबीचको एकता, सहकार्यलाई एकताबद्व गरि बिचार मिल्ने कम्युनिष्ट पार्टीहरुलाई एकता गरि संगठन सुधारमा लागेको बताउनुभएको छ ।

यस्तै नेपालको कम्युनिष्ट आन्दोलनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तहस नस पारेको आरोप लगाउनुभयो ।कार्यक्रममा पार्टी एकता, संगठन सुदृढीकरण, आगामी राजनीतिक दिशा–निर्देशन र जनताका पक्षमा पार्टीको मुल एजेण्डा रहने पुर्व मन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी का नेता चक्रपाणी खनाल (बलदेव) को भनाइ थियो ।

पुर्व माओवादी केन्द्रमा जनार्दन शर्मालाई पार्टीले हरेक प्रकारका जिम्मेवार दिदा समेत उहाँले पार्टी छोड्नु भनेको उहाँको अबको लय मोहन विक्रम, वैध जस्तो अवस्थामा पुग्नु रहेको खनालले बताउनुभयो ।यस्तै लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी का नेता सुदर्शन बरालले कमीकमोजरीको समधान,अहंकार दलाल चाकडी घमण्ड नेताले त्याग्ने समय आएको हो।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेताहरु चन्द्रबहादुर खड्का (उज्वल),शुशिला श्रीपाली,राजेन्द्र भुसाल , पिताम्बर भुसाल , पिताम्बर सारु, ,सुशील भट्टराई , नारायण शर्मा लगायतको सहभागीता रहेको कार्यक्रम पार्टीका केन्द्रिय सदस्य ठाकुर कुमार विक (किशोर) को अध्यक्षता ,छमकुमारी खनाल(चिनारी) को स्वागत मन्तव्य र रामबहादुर चौहानको संचालनमा सम्पन्न भएको हो ।





कमेन्ट गर्नुहोस !