वाङ्ला–डिभर्ना खानेपानी उपभोक्ता तथा सरोकारवालाबीचको बैठक निष्कर्ष बिना सकियो

सागर महत,मंसिर २१सन्धिखर्क ।वाङ्ला–डिभर्ना खानेपानी मूलका उपभोक्ता तथा सरोकारवालाबीचको बैठक कुनै निष्कर्षमा नपुगी सकिएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बसेको बैठक कुनै निष्कर्षमा नपुगी सकिएको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले जानकारी दिनुभयो ।

मालारानी गाउँपालिका ४ मखत हुँदै रक गार्डेन सम्म को सडक निर्माणको काम अर्केा निर्णयण नहुन जेल सम्म रोकिने र वाङ्ला–डिभर्ना खानेपानी मूलका उपभोक्ता समितिका पदाधिकारी सहित दुबै पक्ष संग वार्ता पुन गर्ने उहाँले बताउनुभयो ।

सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीे,मालारानी गाउँपालिका उपाध्यक्ष दिपा पोखरेल,पनि सहमती सहकार्यमा समधान निकाल्न दुबै तर्फका उपभोक्ताहरुले सहमति जनाउन आवश्यक रहेको बताउनुभयो ।

मालारानी गाउँपालिका ४ मखत हुँदै रक गार्डेन सन्धिखर्क ११ का सडक निर्माण गर्ने भन्ने उपभोक्ताले खानेपानी विज्ञ टोलीको प्रतिवेदन जस्तो आयो त्यस्तै मान्य हुने सहमती सिद्ध बाबा सामुदायिक वन मालारानी ४का अध्यक्ष थानेश्वर खनाल र खानेपानी विषयमा आरोप भोक्दै आएका नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु खनाल(मुस्कान) ले सहमती जनाउनुभएको हो ।
तर सन्धिखर्क वडा नम्बर ११ र १२का पनि वाङ्ला–डिभर्ना खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण श्रेष्ठले असहमती जनाउनुभयो ।

अध्यक्ष श्रेष्ठले सडक निर्माण गर्दा खानेपानी समस्या पर्ने भएकाले आफुहरु यसमा असहमत रहेको बताउनुभयो । सन्धिखर्क १का वडा अध्यक्ष माधव श्रेष्ठ,४का वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र ११चेतनारायण आचार्य मालारानी ४ का वडा अध्यक्ष विष्णु प्रसाद पोखरेल ,नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ ,नेकपा एमाले जिल्ला सचिव विद्यान रायमाझी, नेपाली कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य दिनेश विकल्प,जेनजी प्रतिनिधि भागवत भुसाल लगायले सहमती सहकार्यमा जान आवश्यक रहेको विषयमा जोड दिनुभएको हो ।
यस्तै कार्यालय तर्फ खानेपानी ढल व्यवस्थापन बुटवल कार्यालय इन्जिनियर रमेश थापा ,खानेपानी तथा सरसफाई सरसफाई डिभिजन कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख रामभरस यादव ,डिभिजन वन कार्यालय अर्घाखाँची प्रमुख नारायण देव भट्टराई ,जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भरत प्रसाद सापकोटा लगायतले मुहानको आवश्य मापदण्डको लागि विज्ञ टोली केन्द्रबाट ल्याउन सुझाव दिनुभएको हो ।
नगरपालिकामा दिउँसो उभोक्ता बाक्लो सहभागी भएपछि केहि बेर तनाव भएको थियो ।पछि सुरक्षाक्रमी परिचालन गरे पछि समधान भएको थियो ।




कमेन्ट गर्नुहोस !