एनपियलमा काठमान्डुले कर्णालीलाई हरायो

काठमाण्डौ ,मंसिर १५ । त्रिवि रंगशालामा हिजो भएको खेलमा कर्णाली याक्सलाई ५ विकेटले हराउँदै काठमान्डु चौथो खेलमा विजयी भएको हो । ८ अंक सहित काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ ।
अब उसले पोखरासँग अन्तिम खेल खेल्नेछ । अब काठमान्डुका लागि विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्ससँगको खेल मात्रै चुनौतीपूर्ण हुनेछ । कर्णाली भने पाँचमध्ये चार खेलमा पराजित भइसकेको छ । अब उसले बाँकी दुवै खेलमा जित निकालेको अवस्थामा मात्रै प्लेअफ पुग्ने सम्भावना देखिन्छ ।हिजोको खेलमा कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्याे ।




कमेन्ट गर्नुहोस !