कांग्रेस अर्घाखाँचीले निर्वाचनको लागि उम्मेदवार सिफारिस शुक्रबार गर्ने सभापति श्रेष्ठको भनाइ

सागर महत,मंसिर २५अर्घाखाँची ।
नेपाली कांग्रेस अर्घाखाँचीले फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि  नाम भोली (शुक्रबार ) आधिकारिक रुपमा सिफारिस गर्ने भएको छ ।


आज बसेको जिल्ला कार्य समितिको बैठकले भोली प्रतिनिधि सभा तर्फ प्रत्यक्ष,समानुपातीक र राष्ट्रिय सभाको लागि सिफारीस गर्ने जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो । आज जिल्ला कार्यसमिति,प्रदेश कार्य समितिका पदाधिकारी ,महाधिवेशन प्रतिनिधि र जेनजी युवा ले उम्मेदार कस्तो छनोट गर्ने विषयमा सुझाव दिनुभएको छ ।


प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ ११ जना, समानुपातिकमा ४ जना र राष्ट्रिय सभामा ७ जनाले उम्मेदवार हुन इच्छा जायेर गर्नुभएको छ ।आधिकारीक निर्णय भोलीको बैठकले प्रतिनिधि सभा, प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाको निर्णय गर्ने सभापति श्रेष्ठले जानकारी दिनुभयो।भएको छ ।यता जिल्ला कार्य समिति, पदाधिकारीको सर्वसहमत धारणा सभापति केशव श्रेष्ठको नाम प्रतिनिधि सभामा एकल सिफारिस गर्नुपर्छ भन्ने छ ।
तर सभापति केशव श्रेष्ठले सबैलाई मिलाएर नाम सिफारिस गर्नुपर्ने बताउदै आफ्नो मात्र नाम सिफारिस निर्णय गर्न नहुने बताउनु भएको छ ।

यस्तै कांग्रेसका युवा नेता अर्जुन पोखरेल ले एक पटक प्ररिक्षण भएका उम्मेदारलाई अहिले स्थान नभएको बताउनुभयो ।त्यो कुनै हालतमा युवा टिमले हुन नदिने बताउनुभयो ।उहाँ संगै अधिकांशले पनि सुझाव दिएका थिए ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close