अर्घाखाँचीमा ६ जनामा कोरोना पुष्टि,१४ जना कोरोना मुक्त

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ६ जनाम कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ३ जना,भुमिकास्थान नगरपालिकामा १ जना र मालारानी गाउँपालिकामा २ जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १ सय ३० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर १४ जना डिस्चार्ज भएका छन ।सन्धिखर्क नगरपालिकामा ४ जना ,शितगंगा नगरपालिकामा २ जना,मालारानी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि १४ जना कोरोना मुक्त भएका हुन ।
यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ९ सय ४७ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमित संख्या १ सय २ रहेको छ । सन्धिखर्क नगरपालिकामा ४६जना,भुमिकास्थान नगरपालिकामा १० जना,शितगंगा नगरपालिकामा १० जना,मालारानी गाउँपालिकामा २६ जना,पाणिनी गाउँपालिकामा ६ जना र छत्रदेव गाउँपालिकामा ४ जना गरि १ सय २ जना जिल्लाभरमा सक्रिय कोरोना सक्रमित रहेका छन । यस्तै कोरोना संक्रमण बाट हाल सम्म ८१ जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस !