सन्धिखर्कमा इन्डोस्कपी सहितको निःशुल्क स्वास्थ्य शिविर हुन्छःनगरप्रमखु श्रेष्ठ

सागर महत,मंसिर २५ अर्घाखाँची ।
अर्घाखाँचीका सन्धिखर्क नगरपालिका आयोजना र ग्यास्ट्रो सेन्टर बुटवल प्रा. लि. को प्राबिधिक सहयोगमा शनिवार सन्धिखर्क १ मा रहेको सन्धिखर्क बोर्डिङमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा जिल्लाभरका बिरामीलाई सहज होस भनेर आयोजना गरिएको पत्रकार सम्मेनबाट जानकारी दिनुभएको हो ।


मंसिर २७ गते शनिबार दिन शिविर आयोजना गरिएको हो । जसमा इन्डोस्कपी सहितको निशुल्क स्वास्थ्य शिविरमा, बरिष्ठ पेट, कलेजो, आन्द्रा तथा प्यान्क्रियाज रोग बिशेषज्ञ डा. मोहन भुसाल सहितको सम्पुर्ण ग्यास्ट्रो टिमबाट सेवा प्रदना गर्ने श्रेष्ठको भनाई छ।
पेट, कलेजो, आन्द्रा तथा प्यान्क्रियाज रोगसंग ग्रसित बिरामीले डाक्टरको सल्लाह पनि लिन सकिने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close