मुस्लिम धर्मावलम्बी आज बकर–इद पर्व,सार्वजनिक बिदा

काठमाण्डौं ।मुस्लिम धर्मावलम्बी आज बकर–इद मनाउँदै छन्। हर्ष र उत्साहका साथ मनाइने पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्। नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ।सोहि अवसरमा सरकारले एक दिनको लागि मुस्लिम समूदायको चाड बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
विशेष गरि बकर–इद पर्वमा इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गने चलन छ। बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ। बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close