अबैध सम्बन्धबाट बच्चा जन्मिएपछि अर्घाखाँची प्रहरीले आरोपितलाई पक्राउ गर्ये

सागर महत ,अर्घाखाँची ।
बौद्धिक अपाङगता भएकी २६ वर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फरार प्रतिवादिलाई प्रहरीले झण्डै १ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का गोबिन्दप्रसाद बस्याल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
प्रतिवादीले पिडित महिलालाई आफ्नो घरमा घरायसी काम गराउने गरेको र सोही समयमा कोही नभएको मौका पारी पटक पटक जवरजस्ती करणी गरेको कारणबाट निज पिडित महिलाको पेटमा गर्भ रहन गई एक छोराको जन्म भई हाल ३ महिनाको भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जगन्नाथ मरासिनीले बताउनुभयो ।
विभिन्न स्थानमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा अर्घाखाँचीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी अर्घाखाँची जिल्ला अदालतमा पेश गरेकोमा अदालतबाट दिन ५ को म्याद लिई यस कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर अन्तरगत अनुसन्धान कार्य भईरहेको डिएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस !