अर्घाखाँचीको शितगंगामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीमा पौडी खेल्ने क्रममा १ जना महिलाको मृत्यु भएको छ ।

शितगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको भुतिया रहमा आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर सन्धिखर्क नगरपालिका वडा नम्बर ७ डिहिडाँडा कि १८ वर्षिय मिरा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिप्रेन्द्र रावलले जानकारी दिए।
शितगंगा ६मा रहेको माइती घर गएको समयमा आज साथीहरु सँग पौडी खेल्ने क्रममा डुबेर गम्भिर घाइते भएकी उनको प्राथमिक स्वास्थ केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो । शवलाई पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close