समुदायमा कांग्रेस अभियानले जनताका समस्या सुन्ने र समधान गर्ने लक्ष्य होःडा.केन्द्रिय सदस्य संग्रौला

सन्धिखर्क ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले समुदायमा कांग्रेसले जनताका समस्या सुन्ने र समधान गर्ने लक्ष्यका साथ अगाडि बढेको बताउनुभएको छ ।
हाल सम्मको अभियानको क्रममा स्थानीय ,प्रदेश र संघ सरकारको काम प्रतिको जिज्ञासा बुझदै जाँदा कांग्रेस सत्ता मोह मा हैन झुपडी सम्मका जनताका समस्या लाई छिटो भन्दा छिटो समधान गर्न आग्रह गर्ने सुझाव पनि आएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । यस अभियानले संगठन सुदृढीकरण र रुपान्तरण मात्र नभएर नेताहरुको आचरण र शैलीमा परिवर्तन ल्याउन ठूलो सहयोग गर्ने बताउनुभयो ।
केन्दीय सदस्य डा.संग्रौलाले सरकारको कामप्रति नेपाली कांग्रेस सन्तुष्ट नरहेको पनि बताउनुभएको छ । सरकार गठन भएको एक बर्ष बितीसक्दा समेत जनस्तरमा सरकार प्रतिको बिश्वास जाग्न नसकेकोले कामको स्पिड बढाउनुपर्नेमा जोड दिनुभयो ।आगामी निर्वाचनमा गठबन्धन विना कांग्रेस एकल निर्वाचनमा जान आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गंगा साही, लुम्बिनी प्रदेश उपसभापति भुबन प्रसाद श्रेष्ठ, महामन्त्री बिक्रम खनाल, सहमहामन्त्री निमा गिरी, कांग्रेस अर्घाखाँची सभापति केसव श्रेष्ठ, सचिव कृष्णप्रसाद खनाल,उपसचिव कमल पौडे्ल लगायतको सहभागीता रहेको कार्यक्रम नेपाल प्रेस युनियन अर्घाखाँची अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता पुर्ब अध्यक्ष विरेन्द केसीको स्वागत मन्तव्य र सचीव विष्णु खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !