अर्घाखाँचीमा एक युवा मृत फेला

सागर महत,वैशाख १६,अर्घाखाँची ।
अर्घाखाँचीमा एक युवा मृत फेला परेका छन ।सुपादेउराली मन्दिर नजिकै रहेको झोलुङगे पुल मुनि कपिलबस्तु बुद्वभुमि नगरपालिका वडा नम्बर ९ बस्ने २० वर्षिय अनिल बादी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
आईतबार सुपादेउराली मन्दिर दर्शन गर्न भनी घरबाट हिडेको र त्यसपछि सम्पर्कमा नआएपछि मृतकको परिवारले सोमबार प्रहरी चौकी नरपानीलाइ जानकारी गराएपछि प्रहरीले खोज्ने क्रममा आज झोलुङगे पुल मुनि मृतकको शव फेला पारेको प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा मुचुल्का र थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरिक्षक रविन्द्र चन्दको कमाण्डमा ७ जनाको टोलि खटि विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस !