सन्धिखर्कमा दिगो वन व्यवस्थापन तालिम सम्पन्न,सडक मार्गमा रहेका जोखिमका रुख हटाउन आग्रह

सागर महत,सन्धिखर्क ।
वन प्राविधिक एवं सरोकारवालाहरुका लागि दिगो वन व्यवस्थापन सुदृढीकरण तालिम सन्धिखर्कमा सम्पन्न भएको छ ।डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजना र समृद्विका लागि वन परियोजना लुम्बिनीको सहजीकरणमा कार्यक्रम भएको हो।कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले अर्घाखाँचीको मुख्य गोरुसिंगे–सन्धिखर्क सडक खण्डमा पर्ने जोखिमका रुख हरु हटाउन आवश्यक रहेको बताउनुभएको छ ।
यसलाई समयमै व्यवस्थापन नगर्ने हो भने ठुलो क्षति हुने उहाँको भनाइ छ ।यस्तै आगलागीका दुर्घटना न्युनिकरण गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहने बताउनुभयो ।पाणिनी बहुमुखी क्याम्पस आगलागीको उच्च जोखिममा रहेको छ।त्यसको व्यवस्थापनका लागि सल्लाका केहि रुख हटाउन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।
धेरै पुराना रुखहरुको वगीकरण र त्यसको व्यवस्थापनमा पनि चुनौति भएपनि वैज्ञानीक वनको मापदण्ड फरक किसिमको रहेको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले बताउनुभयो ।
केहि मापदण्ड छन ति मापदण्ड पुरा नगरीकन रुख कटान गर्न मिल्दैन ति समस्या समधान गर्नको लागि पनि यो कार्यक्रम महत्वपुर्ण हुने डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर डिभिजन अधिकृत मोहन प्रसाद श्रेष्ठले बताउनुभयो ।
यस्तै यो कार्यक्रमले वनका कर्मचारी संगै सरोकारवालाका समस्या बाहिर ल्याउन महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । विभिन्न राजनितिक दलका प्रतिनिधि पत्रकार ,स्थानीयले दिगो वन व्यवस्थापनमा वन कार्यालयले कार्य योजना ल्याउन र आगलागी जोखिममा छुटै कार्ययोजना ल्याउन माग समेत गरेका छन ।वनमा कुहिर खेर जाने काठको सही समयमा त्यसको व्यवस्थापन गर्न समेत अनुरोध गरे ।
कार्यक्रममा प्रा डा. राजेश कुमार राइले वनको सदुपयोग गरे मात्र आम्दानीका श्रोत बढ्ने जस्ता ६ वटा कार्यपत्रको प्रस्तुतिकरण गर्नुभएको हो ।
कार्यक्रम डिभिजन वन कार्यालय अर्घाखाँचीका वन अधिकृत केशव खडकाको संचालनमा सम्पन्न भएको हो।
कमेन्ट गर्नुहोस !