४० वर्ष जेल जिवन बिताउनुभएका दुर्गाप्रसादले ५९ वर्षको उमेरमा नागरिकता प्राप्त

काठमाण्डौं ।५९ वर्षको उमेरमा इलामको माई नगरपालिका– १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिइनुभएको छ ।भारतमा ४० वर्ष जेलमा बन्दीजीवन बिताएर फर्किनुभएका तिम्सिनाले जिल्ला प्रशासन कार्यालय इलाममा पुगेर नागरिकता लिनुभएको हो।

भतिजो गोपाल तिम्सिना, भाइ धीरेन्द्र शर्मा रमणसहित जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि पुगेका दुर्गाप्रसादलाई प्रशासकीय अधिकृत देवीचरण फुँयालले नागरिकता प्रमाणपत्र नम्बर भएको नागरिकता प्रदान गर्नुभएको हो ।योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनाउनुभएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close