मालारानीमा श्रीमतीको हत्या गरि श्रीमान प्रहरी चौकीमा पुगे

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नो श्रीमती २७ वर्षिय सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
आज दिउँसोको समयमा सोही ठाउँमा रहेको शाहीटोलको जगंलमा श्रिमान ,श्रिमती घाँस काट्न गएको र सोहि क्रममा गम्छाले काँटी थिंचेर हत्या गरेर श्रिमान कमल ईलाका प्रहरी चौकी खनदहमा आफै महिले श्रिमतीको हत्या गरेको भनि चौकीमा पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी अर्जुन पौड्ेलले जानकारी दिनुभयो ।
उनले श्रीमती हत्या गरि सेउलाले ढाकछोप गरेको समेत बताइएको छ ।यस बारेमा थप अनुसन्धान गर्न प्रहरी घटना स्थलमा पुगेको समेत बताइएको छ ।
कमेन्ट गर्नुहोस !