अर्घाखाँचीमा अरिङ्गालको टोकाई बाट एक पुरुष घाइते

सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा अरिङ्गालको टोकाइ बाट एक जना पुरुष घाइते भएका छन ।नगरपालिकाको वडा नम्बर ३ धारापानीका स्थानीय प्रेम भुसाल लाई आफ्नै बारीमा घाँस काट्ने क्रममा हिजो अरिङ्गालले टोकी घाइते भएका भुसालको उपचारको लागि अर्घाखाँची अस्पतालमा ल्याएपनि उपचार हुन नसक्दा थप उपचारको लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घाइतेको अनुहार र शरीरको विभिन्न भागमा अरिङ्गालले टोकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयोे ।




कमेन्ट गर्नुहोस !