अर्घाखाँचीमा पनि महाशिवरात्रि पर्व मनाइयो

सन्धिखर्क ।आज महाशिवरात्रि पर्व, अर्घाखाँची सहित देशभर भगवान श्री महादेवको पूजा आराधनासहित मनाइँएको छ । आज पूजा आराधनाका लागि अर्घाखाँचीको शिवालय मन्दिरमा बिहानैदेखि पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको थियो । चुत्रावेशीमा रहेको सिद्धेश्वर शिबालय मन्दिरमा स्फटिक धातुको शिबलिंग रहेको यस मन्दिरमा पुजा पाठ गर्ने भक्तजनको घुइचो लागेको हो ।

यस्तै सन्धिखर्कमा रहेको १०८ गणेश पाञ्चायन मन्दिर ,मालारानी मन्दिर, नृसिंह मन्दिर,पाणिनी गाउँपालिकाको खिदिम दुर्गाफाटमा रहेको दुर्गेस्वर मन्दिर लगायतका जिल्ला भरमा रहेका शिवालय मन्दिरमा विहानै देखि घुइचो लागेको थियो ।
आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close