अनेमसंघद्धारा अर्घाखाँचीमा तिजमिलन कार्यक्रम सम्पन्नः अधिकारको निम्ती महिला एकता हुनुपर्नेमा महासचिव रानाको जोड

गोपाल प्रसाद भट्टराई ,भाद्र–०२,अर्घाखाँची।
अखिल नेपाल महिला संघ केन्द्रिय महासचिव सकुन्तला रानाले महिला अधिकारीकर्मिहरुको एकता हुन नसक्दा हिंसामा परेका महिलाले न्याय पाउन नसकेको आरोप लगाउनुभएको छ । संविधानमा उल्लेख भएका अधिकार र पिडकलाई दिने दण्डको कार्यान्वयनमा सरकार चुकिराखेको रअधिकारकर्मिद्धारा राज्यलाई दबाब नपुगेको उहाँको भनाई छ ।अनेमसंघ अर्घाखाँचीले सोमबार सन्धिखर्कमा आयोजना गरेको तिज मिलन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव रानाले यस्तो बताउनुभएको हो ।
निर्मला पन्तको बलत्कारपछि हत्या भएको ७ बर्ष पुगिसक्दा पनि न्याय नपाउनु बिडम्बना भएको उहाँको तर्क छ ।महिलालाई दोस्रो दर्जाको ब्यवहार गर्ने पितृ सतात्मक यो देशका शासकहरुमा अझै पनि चेत नखुलेको भन्दै महासचिव रानाले महिला अधिकार र मुक्तिको
निम्ती महिला एकताको खाँचो औल्याउनुभएको छ । नेपालका हरेक पर्वलाई विकास र सचेतनासंग जोडेर मनाउनुपर्नेमा उहाँको जोड रहेको छ ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी र अखिल नेपाल युवक संघ जिल्ला सचिवालय सदस्य रिता बन्जाडेले नेपालमा पर्व मनाउने नाममा हुने तडकभडक रोक्नुपर्ने र समाजको एकता र सद्भावलाई बढानुपर्नेमा जोड दिनुभएको
छ ।
कार्यक्रममा राजमो नेता शेर बहादुर वि।सी।, केन्द्रिय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, केन्द्रिय सदस्य यमलाल पोख्रेल,
जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला सचिव तथा भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, कोषाध्यक्ष गोविन्द विसी , नेता दिलदार हुसेन, लगायतको आतिथ्यता रहेको थियो ।
कल्पना पोख्रेलको अध्यक्षता, लिला भुसालको स्वागत मन्त्वय र मिना विसीको संचालनमा सम्पन्न कार्यक्रममा अनेमसंघमा आबद्ध महिलाहरुले प्रगतिशिल तिजगित गाएर नाँच्दै रमाइलो गरेका थिए ।
कमेन्ट गर्नुहोस !