मालारानी गाउँपालिकामा ३ करोड ४५ लाखमा प्रशासनिक भवन निर्माण

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाले सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ । भवनको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सांसद चेतनाराण आचार्यले उद्घाटन गर्नुभएको हो।
सांसद आचार्यले जनताले महसुस हुने गरि अधिकारी प्राप्तको लागि प्रदेश देखि गाउँपालिका सम्म काम गर्न आफुहरु लागेको बताउनुभएको हो ।
गाउँपालिकाको वडा नम्बर ३ को खनदहमा तीन तले प्रशासकिए भवन कुल ३ करोड ४५ लाख ७८ हजार ७ सय ७५ रुपैंया लागतमा निर्माण कार्य सम्पन्न भएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।
भवन जयमाता इन्जिनियरिङ्ग कन्स्ट्रक्सन लिमिटेड र खाँची निर्माण सेवा काठमाण्डौले जिम्मा पाएको थियो ।
यस्तै जडिबुटी संकलन केन्द्र ,नागरिक आरोग्य सेवा केन्द्रको उदघाटन तथा भागिरथी स्मृति प्रतिष्ठानको शिलान्यास पनि गरिएको छ ।गाउँपालिकाका योजना शाखा प्रमुख नेत्र प्रसाद खनालले निर्माण सम्पन्न भवन तथा शिलान्यास भएको योजनाका बारेमा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक,(किशोर) धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरे, पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थी, विभिन्न वडाका वडाध्यक्ष, राजनितीक दलका प्रतिनिधी, प्रहरी नायव उपरिक्षक, सशस्त्र प्रहरी नायव उपरिक्षक, पत्रकार, पालिकाका कर्मचारी लगायत स्थानियवासीको उपस्थिती रहेको थियो ।कार्यक्रम गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षता, उपाध्यक्ष प्रमिला क्षेत्रीको स्वागत मन्तव्य र प्राविधिक हरीसचन्द्र पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !