खनालले आफ्नो जन्म दिन विद्यार्थी र बिरामीलाई सहयोग गरेर मनाए

अभिनव चौहान, काठमाडौं।
जन्म दिन मनाउने मानिसका आ-आफ्नै तरिका हुन्छन्। आफुलाई जुन कुराले खुसी दिन्छ त्यसरी नै जन्म दिन मनाउँदै आएको पाइन्छ।आफ्नो जन्म दिनको अवसरमा केक काट्ने रमाइलो गर्ने साथीभाइ र आफन्तहरुलाई पार्टी दिने कुरा त अहिले धेरैले गर्दै आएको चलन नै हो।तर मालारानी ३ का पूर्व वडा अध्यक्ष शोभाखर खनालले भने त्यस्तो कुनै फजुल खर्च नगरी आफ्नो जन्म दिनमा विपन्न विद्यार्थी तथा मृगौला बिरामीलाई आर्थिक सहयोग गरी आफ्नो जन्म दिन मनाएका छन् ।
मालारानी गाउँपालिका वडा नं ३ निवासी शोभाखर खनालले आज एक कार्यक्रमका बीच सोही वडामा रहेको सुन्दरा निमाविमा शैक्षिक सामग्री तथा विपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेका छन्।
अनुप बिक, रितिक बिक, सम्झना नेपालीलाई जनही ५००/५०० का दरले आर्थिक सहयोग गर्नुका साथै सोही विद्यालयमा अध्ययनरत करिब ४० जना जति विद्यार्थीलाई शैक्षिक सामग्री र फलफूल वितरण गरेका हुन् भने विद्यालयलाई १ थान फिल्टर पनि उपलब्ध गराएका छन्। त्यसैगरी जन्म दिनकै अवसरमा मालारानी गाउँपालिका वडा नं ५ निवासी मृगौला पीडित १४ वर्षीय बालक विनोद चौहानको उपचारको लागि २५२५/- पनि आर्थिक सहयोग गरी आफ्नो जन्म दिनको फजुल खर्च कटाएर सबै पुण्यको काममा खर्चिएका हुन्। यो कामको सबैले खनालको खुलेर प्रशंसा गरेका छन्। उदियमान क्लब र सुन्दरा निमाविले यस्तो कामको सिको सबैले गर्नुपर्ने र खनाललाई जन्म दिनको शुभकामना व्यक्त गरेका छन् ।उदियमान क्लबले विनोद चौहानको उपचारको लागि आर्थिक सहयोग जुटाउन समन्वय गर्दै आइरहेको छ।
कमेन्ट गर्नुहोस !