अब विद्यालय तहका सबै बिषयमा ३५ प्रतिशत अङ्क नल्याए फेल भइने

काठमाडौं । विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए) १.६ लाई जनाउँछ ।२०७२ सालबाट लागू गरिएको अक्षराङ्कन पद्धतिका कारण विद्यार्थीको सिकाइमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अक्षराङ्कन निर्देशिका, २०७८ जारी गरेको छ ।

निर्देशिकाले माथिल्लो तहमा अध्ययन गर्न ३५ प्रतिशतलाई आधार बनाएको छ । मन्त्रालयका सहसचिव दीपक शर्माले भने, “नयाँ व्यवस्थाले विद्यार्थीको सिकाइमा सुधार ल्याउने विश्वास गरेका छौँ ।विगतमा अनुत्तीर्ण भनी प्रमाणपत्रमा उल्लेख नहुँदा विदेश गएर पनि उच्च शिक्षामा भर्ना हुन्थे । तर अब ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्क ल्याउनेहरू माथिल्लो कक्षामा भर्नाका लागि अयोग्य ठहरिन्छन् ।”निर्देशिकाले नयाँ ग्रेड निर्धारण गरेको छ । नयाँ मापदण्डमा विगतमा प्रयोग हुँदै आएको’ई’ र ‘डीप्लस’ हटाइएको छ । ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीको प्रमाणपत्रमा अवर्गीकृत (नट ग्रेडेड) उल्लेख गरिनेछ ।

अनुत्तीर्ण भनेर प्रमाणपत्रमा उल्लेख नभए पनि अवर्गीकृत उल्लेख भएका प्रमाणपत्रका आधारमा माथिल्लो तहमा भर्ना पाइने छैन ।निर्देशिकाले सर्वोत्तम (जीपीए ४.०), अत्युत्तम (जीपीए ३.६), उत्कृष्ट (जीपीए ३.२), उत्तम (जीपीए २.८), सन्तोषजनक (जीपीए २.४), ग्राह्य (जीपीए २.०) र आधारभूत (जीपीए १.६) गरी आठवटा अक्षरगत स्तरमा सूचित गरेको छ ।विद्यार्थीले परीक्षामा विषयगत रूपमा सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ र आन्तरिक (प्रयोगात्मक)तर्फ न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेकै हुनुपर्छ ।

मन्त्रालयका प्रवक्ता शर्माले निर्देशिकाअनुरूप विद्यालय तहका सम्पूर्ण कक्षामा विद्यार्थीको मूल्याङ्कन गरिने बताउँदै भन्नुभयो, “कक्षा ८, कक्षा १० र कक्षा १२ को सम्बन्धित निकायले मूल्याङ्कन गर्नेछ । याे खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close