स्वर्गिय प्रकाश महतको सम्झानामा १० लाखको अक्षयकोष स्थापना हुन्छःनेपाल खेदकुद महासंघ

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी पलासपाटा निवासी स्वर्गिय प्रकाश महतको सम्झाना नेपाल खेदकुद महासंघ केन्द्रीय समितिले छोराछोरीको नाममा १० लाखको अक्षयकोष स्थापना गर्ने जनाएको छ ।गत फागुन ७ गते महासंघको केन्द्रीय महाधिवेशनमा विराटनगरमा सहभागी हुँदा मोटरसाइकल दुर्घटना परि महतको मृत्यु भएको थियोे ।स्व.प्रकाशका श्रीमती ,७ वर्षिय छोरा,५ महिनाकी छोरी छन ।
शोक सभामा नेकपा एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी ,नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल,पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सुर्य थापा,नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज चेतनारायण आचार्य,नेपाल खेदकुद महासघका केन्द्रीय अध्यक्ष प्रसुराम बस्नेत,अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतले शहिद महतको परिवारको साथ सगठनको जीवन रहुन्जेल सम्म स्मरण गर्नेगरि काम गर्ने बताउनुभयो ।

खेलकुद महासघको पहिलो सहिद घोषण गरेको बताउदै प्रकाशको सम्झाना प्रत्येक वर्ष खेलकुल प्रतियोगिता गर्ने निर्णय गरेको समेत बताइएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close