अर्घाखाँचीमा एकै दिन ५४ जना कोरोना मुक्त,१३ जनामा संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना मुक्त भएका छन , सन्धिखर्क नगरपालिकामा १७ जना,भुमिकास्थान नगरपालिकामा १४ जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा १३ जना र पाणिनी गाउँपालिकामा ९ जना गरि ५४ जना कोरोना मुक्त भएका हुन ।
योसंगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ७ सय ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकामा ६ जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा ३ जना गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ६८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या २सय ५२ रहेको छ ।यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८० रहेको छ ।
कमेन्ट गर्नुहोस !