अर्घाखाँचीमा १३ वर्षमा चितुवाको आक्रमणबाट १४को मृत्यु ,मृतक परिवारलाई ८३ लाख प्रदान

सागर महत असार ०९,अर्घाखाँची ।
डिभिजन बन कार्यालय अर्घाखाँचीको आयोजना र गण्डकी जलाधार जलवायु उत्थानशीलको समन्वयमा जलवायु परिवर्तन अनुकूल मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी कार्यशाला गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जिल्लामा पछिल्लो ४ वर्षमा चितुवाको आक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य भएको बताउनुभएको छ ।
यस अघि जिल्लामा १३ वर्षमा चितुवाको आक्रमणबाट १४ जनाको मृत्यु भएको थियो । २०६६ सालदेखि २०७८ साल सम्म १४ जनाको मृत्यु भएको हो।क्षतिपुर्तीबापत सम्पुर्णलाई ८३ लाख प्रदान गरिएको हो ।मृत्यु हुने अधिकांमश बालबालिका रहेका थिए ।अहिले मृत्युदर कम छ भने आक्रमण दर पनि न्युन रहेको उहाँको भनाई छ ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले चितुवा लगायतका वन्यजन्तुको आक्रमणबाट घाइते भएका मानिस तथा पशुहरुलाई क्षतिपुर्ति दिदै आएको छ ।पछिल्लो ३ वर्षमा १सय८ जना लाई करिव १७ लाख उचित क्षतिपुर्ति समेत प्रदान गरिएको सिनियर वन अधिकृत श्रेष्ठको भनाई छ ।गोष्ठीमा जलवायु परिवर्तनका कारण वन्यजन्तुहरूको बासस्थानमा आएको परिवर्तन र त्यसको असरले उत्पन्न हुने मानव–वन्यजन्तु द्वन्द्वका विविध पक्षमाथि सामुदायिक वनका पदाधिकारी संग छलफल गरिएको गण्डकी जलाधारका स्ांयोजक डक्टर राजन प्रसाद पौड्ेलले जानकारी दिनुभयो ।
यो कार्यक्रम अन्तर्गत भु—संमरक्षण,सिचाई पोखरी लगायतका क्षेत्रमा पनि काम गर्दै आएको भनाई छ ।अहिले १९ जिल्लामा रहेका १सय ५१ पालिकामा काम गर्दै आएको संयोजक पौडेलले बताउनुभयो ।
कार्यशालामा प्रशिक्षक डक्टर अर्जुन थापाले जलवायु परिवर्तनका कारण द्वन्द्व बढ्दै गइरहेको तथ्यांक प्रस्तुत गर्दै यसको दीर्घकालीन समाधानको आवश्यकता औँल्याउनुभयो। वन्यजन्तुहरूका लागि सुरक्षित मार्ग, जनचेतना अभिवृद्धि तथा पूर्वतयारी योजना निर्माणमा जोड दिइएको थियो।
यस्तै जिल्लामा बादर, बदेल जस्ता जंगली जनावरबाट भएको क्षति र यसले गर्दा बसाइँसराई भएको विषयमा सहभागीको तर्फबाट चन्द्रा गैरे र लक्ष्मण पराजुलीले आफ्ना भनाई समेत राख्नुभएको थियो।कार्यक्रमा वरिष्ट वन अधिकृत गणेश थारु,उमेश शाह ,सहायक वन अधिकृत केशव खड्का जशराम चौधरी,सामुदायक वनका पदाधिकारी लगायतको सहभागीता रहेको कार्यक्रम लक्ष्मण कुवरको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षक बलाराम रायमाझीले वन संरक्षण सम्बन्धी गीत समेत प्रस्तुत गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !