आज राति रिचार्ज नहुने नेपाल टेलिकमका सेवामा

काठमाण्डौ ।नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ। राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। अन्य सेवा भने हुने छन ।
कमेन्ट गर्नुहोस !