एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना संक्रमण

सुरुमा एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि ओली दम्पतीले शनिबार पीसीआर परीक्षण गराएका थिए। संक्रमण पुष्टि भएपछि अहिले ओली दम्पती आफ्नो निवास बालकोट, भक्तपुरमा नै आइसोलेसनमा रहेका छन्।
अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएसँगै आज गर्ने भनिएको एमालेको प्रत्रकार सम्मेलनसमेत रोकिएको छ। ओलीको स्वास्थ्य अवस्थाबारे केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत जानकारी दिने एमालेले बताएको छ।
कमेन्ट गर्नुहोस !