लुम्बिनी प्रदेश वन प्राविधिक संघको अध्यक्षमा खड्का चयन

अर्घाखाँची ।लुम्बिनी प्रदेश वन प्राविधिक संघको अध्यक्षमा केशब खड्का(केशर) निर्बिरोध चयन हुनुभएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीमा कार्यरत खड्का प्रजातान्त्रिक वन प्राविधिक संघका तर्फबाट उम्मेदवार बन्नुभएका खड्कासंग जितेन्द्र खड्काले प्रतिस्पर्धा गर्ने तयारी गरेपनि उहाँले मनोनयन दर्ता नगरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
उपाध्यक्षमा सूर्यप्रसाद मैनाली, दुईजना सचिवमा रोबर्ट महरा र अनुपा सिलवाल तथा कोषाध्यक्षमा राघवेन्द्र प्रताप चौधरी निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा नवराज शाही,नवीन पाण्डे, भावना रिजाल,कविता गैरे,एजाज अन्सारी र कमला सुनार निर्वाचित भएका छन् ।
कमेन्ट गर्नुहोस !