सन्धिखर्क नगरपालिकामा प्लास्टिकका माला प्रतिबन्ध

सागर महत,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले प्लास्टिकका मालाको बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।स्थानीय रुपमा फूल खेती गर्ने कृषकहरुलाई मध्यनजर गर्दै नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो ।

तिहारलाई लक्षीत गर्दै कात्तिक १४ गतेदेखि पुर्ण रुपमा प्लास्टिकका माला बेच्न प्रतिबन्ध लगाउने निर्णय भएको हो । निर्णय तत्काल लागू गर्न नगरवासीहरूलाई आग्रह गरिएको छ ।

तिहारमा प्लास्टिकका मालाहरुको प्रयोग बढ्ने हुँदा त्यसले वातावरणमा फोहोर बढाउने भन्दै प्लास्टिकको फूलको सट्टा स्थानीय फूलहरूको प्रयोग गर्न भनिएको हो । नगरपालिकाको बैठकले सबै वडा कार्यालय, प्रहरी प्रशासन र उद्योग वाणिज्य संघलाई पनि निर्णय कार्यान्वयन सघाउन आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close