सन्धिखर्क नगरप्रमुख भुसालले बालकको जन्मदिन यात्राको क्रममा मनाइदिए

अर्घाखाँची ।जन्म दिन बनाउन हिडेका ७ बालक सदरमुकाम सन्धिखर्क बाट फुदबाङमा साथीको बर्थडे पार्टी खान जानको लागि शान्ति बगैंचामा करिव १ घण्टा गाडी कुरेर बसेछन ।ति बालकलाई कुनै पनि गाडीले नलगेपछि हिड्दै यात्रा तय गरेछन,करिव आज दिउँसो १ बजेर ३५ मिनेट जाँदा डम्पीङ साईटमा पुगेका थिए ।त्यहि क्रममा सन्धिखर्क नगरपालिका नगरप्रमुख कमलप्रसाद भुसाल नेपाल विद्युत प्राधिकरण बुर्तिबाङ्ग–पौदी–अमराई–तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतिपुर सन्धिखर्क १३२ केभी सवस्टेशनको उद्घाटन कार्यक्रमको लागि फुदबाङमा रहेको सवस्टेसनमा जाँदै रहनुभएका नगरप्रमुख भुसालको गाडी त बालबालिकाले रोकेन्न तर उहाँले नै गाडी रोकि उनीहरुलाई आफु चढेको गाडीमा बसाली उनीहरु पुग्ने गन्तव्यको लागि सहज होस भनेर गाडीमा चढाउनुभयो ।
उनीहरु गाडी चढ्दा साथ खुशीको कुनै सिमा रहेन,गाडीको यात्रा गरिरहदा म को हो चिन्छौं भनेर भुसाले सोध्दा तपाई सन्धिखर्क नगरपालिकाको मेयर भने यति भन्दैमा उनीहरु एक अर्केमा कुराकानी गर्न सुरु गरे आज मेयरले हामीलाई गाडी चढाउनुभयो। भने उनीहरु पुग्ने गन्तव्य स्थान आउँदै थियो। सोहि क्रममा आज जन्मदिन परेका ति बालक लाई मेयर कमलप्रसाद भुसालले बाटै बाट जन्मदिनको सुभकामना दिदै माला लगाई केही आर्थिक सहयोग गरेपछि सबैको अनुहारमा खुशीको सिमै रहेन हामी यात्रा जिन्दगीमा कहिलै भुल्ने छैनै भनेर गन्तव्य उनी लागे मेयर आफ्नो गन्तव्यमा लागे( बालबालिकालाई हरेक क्षेत्रले हेर्ने दुष्टिकोणमा सम्मान हुन जरुरी छ)
कमेन्ट गर्नुहोस !