शितगंगामा डबल क्याप जिप दुर्घटना१ को मृत्यु,९ घाइते

सागर महत ,अर्घाखाँची ।अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर १२ हिलेखोलामा डबल क्याप जिप दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ ।छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा छत्रदेव गाउँपालिका वडा नम्बर ५टुनिचौरका ६५ वर्षिय रामप्रसाद पन्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव निरिक्षक प्रतित सिंह राठौरले जानकारी दिनुभयो ।
दुर्घटनामा परि ९ जना घाईते भएका छन । घाइते मध्ये ३ जना छत्रदेव गाउँपालिका वडा नम्बर ५का चुरा बहादुर खत्री,सोहि ठाउँकै साबित्रा बि.क र दीक्षा पौड्ेललार्ई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेफर गरिएको उहाँले बताउनुभयो ।
यस्तै अन्य ६ जनाको प्राथामिक उपचार केन्द्र ठाडामा उपचार भैरहेहको प्रहरीले जनाएको छ । जिप सडक देखि ७० मिटर तल खसेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close