नवलपरासीमा खडेरी परेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो

काठमाण्डौं । नवलपरासीमा जनप्रतिनिधि र कर्मचारीलाई स्थानीयले बाँधेर मन्दिर पुर्याएका छन्। जिल्लाको सरावल गाउँपालिकाका अध्यक्षसहितखडेरी परेपछि आजित भएका स्थानीयले पानी पार्नका लागि भन्दै क्षमा पूजाका लागि उनीहरूलाई मन्दिर लगेर पूजाआजा गरेका हुन्।
खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासका साथ यस्तो उपाय निकालेका हुन् । खडेरीले अप्ठ्यारोमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा मन्दिर लगिएको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी बताउनुभयो ।
कमेन्ट गर्नुहोस !