पैरवी कार्यक्रमले मिडिया र स्वास्थ्यकर्मीहरूबीच सहकार्य बढाउछ,जसले समुदाय स्तरमा सचेत पार्दछः कोइराला

सागर महत,जेठ २९,अर्घाखाँची ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा मिडियाकर्मी तथा स्वास्थ्यकर्मीहरूका लागि पैरवी कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ।मिडिया र स्वास्थ्यकर्मीहरूबीच सहकार्य बढाउने।उदेश्यका साथ भएको कार्यक्रम मा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले यी यस्ता कार्यक्रमले मानिसमा लाग्ने विभिन्न प्रकारका रोग पत्ता लगाउन सहज हुने र समुदाय स्तरमा सर्ने र नसर्ने रोगको बारेमा जानकारी प्राप्त गर्न टेवा पुग्ने बताउनुभयो ।


यस्तै अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले नसर्ने रोगको बारेमा जानकारी दिदै जिल्लामा पछिल्लो समय दमका बिरामीको संख्या बढ्दै गएको बताउनुभयो।यता मधुमेह’ रोग अर्थात् ‘सुगर’ लागेको बिरामी पनि बढेका छन ।जसलाई समयमै नियन्त्रण नगरिएको खण्डमा परिणाम स्वरुपः व्यक्तिमा गम्भीर खालका स्वास्थ्य जटिलताहरु निम्तिने सम्भावना उच्च रहन्छ ।तसर्थ मधुमेहका प्रत्येक बिरामीेले आफुले खान हुने र नहुने खानाको विषयमा आवश्यक जानकारक रहि सोहि अनुरुप खानामा नियन्त्रण गर्न आग्रह गर्नुभयो ।नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने समेत डक्टर तिवारीको भनाइ छ ।

तथ्यमा आधारित जनचेतना अभिवृद्धि गर्न मिडिया प्रयोगको रणनीति विकास गर्ने,नीतिनिर्मातासँग संवाद र दबाब सिर्जना गर्न सक्षम बनाउने लगायतका विषयमा यो कार्यक्रमले पनि टेवा पुग्ने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभएको ।यस्तै अर्घाखाँचीमा मोबाईल स्वास्थ्य कार्यक्रम अन्तिम चरणमा पुगेको बताउनुभयो।

पत्रकार महासंघ जिल्ला अध्यक्ष गणेश खनालले स्वास्थ्य क्षेत्रमा मिडियाको तर्फबाट सक्दो सहयोग गर्ने भनाइ राख्नुभएको थियो ।

कार्यक्रम जनस्वास्थ्य निरिक्षक गणेश राज पौडे्लको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close