थप ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि,७५ को मृत्यु

काठमाण्डौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१८ हजार ५सय३१ पीसीआर परीक्षणमा ५ हजार ८सय २५ र ३ हजार २सय११ एन्टिजेन परीक्षणमा १ हजार गरी ६, हजार ८ सय२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९सय३६ पुगेको छ ।

गएको २४ घण्टामा ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।अब नेपालमा १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित छन् ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६सय३० पुगेको छ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close