ईलाका प्रहरी कार्यालय खनमा निर्मित मन्दिरको उद्घाटन

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका मा रहेको ईलाका प्रहरी कार्यालय खन कार्यालय परिसर भित्र निर्मित दुर्गा देवी भगवती मन्दिरको उद्घाटन गरिएको छ ।मन्दिरको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई,उपाध्यक्ष दिपा पोखरेल लगायतको पनि सहभागीता रहेको थियो ।यस वर्षको बडा दशैं आजबाट सुरु भएको अवसर पारेर मन्दिर उद्घाटन गरिएको ईलाका प्रहरी कार्यालय खनले जनाएको छ ।
कमेन्ट गर्नुहोस !