अर्घाखाँचीमा ४ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये पाणिनी गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २ सय ८८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४१ सय ४७ पुगेको जिल्ला प्रशासान कार्यालय अघाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ८९ रहेको छ । सन्धिखर्क नगरपालिकामा ३३ जना,भुमिकास्थान नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा ८ जना,पाणिनी गाउँपालिकामा ३९ जना र छत्रदेव गाउँपालिकामा ५ जना गरि ८९ जना सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ८२ रहेको छ ।
कमेन्ट गर्नुहोस !