सन्धिखर्क नगरपालिकाद्वारा नयाँ वर्षमा नयाँ कामको सुरुवात

सागर महत /अर्घाखाँची ।
नयाँ वर्षको अवसरमा सन्धिखर्क नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्ने अभियान सुरु गरेको छ ।प्लाष्टिक, रबर, नाइलन, धातु, खाद्य, काठ, सिसा, कागजलगायतलार्ई फोहोरको वर्गीकरणअनुसार राख्ने अभियान थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । फोहोर व्यवस्थापन गर्न विभिन्न किसिमका चुनौती देखिएपछि अभियान थालिएको हो ।

दोस्रो चरणमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाभित्र रहेका २८ वटा टोलसुधार समितिका अध्यक्षले त्यसको व्यवस्थापनमा लाग्ने सन्धिखर्क नगरपालिकाले जनाएको छ । कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि छुट्टाछुट्टै गाडीको व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close