अर्घाखाँची छत्रदेवमा व्यक्तिगत लगानीमा १३ तले आकाशदेवी मन्दिर निर्माण

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा आफ्नै लगानीमा एक ब्यक्तिले १३ तले आकाशदेवी मन्दिर निर्माण गरेका छन ।छत्रदेव गाउँपालिका वडा नम्बर ७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो मन्दिर निर्माण गरिएको छ ।
हाल बुटवल बस्तै आएका सोहि ठाँउका हिरामणी न्यौपानेले स्व.बुबा बलभन्द्र न्यौपाने र स्व.आमा दिल कुमारीको सम्झनामा ७५ लाख भन्दा बढी लगानीमा मन्दिर निर्माण गरेको बताउनुभयो । यस अघि खरले छाएको मन्दिर रहेको थियो ।त्यस ठाँउको पहिँचान बाबु बाजेका पालादेखि सुन्दै आएको र आन्तरिक पर्यटकको पनि केन्द्र विन्दु होस भन्ने उदेश्यका साथ निर्माण गरेको बताउनुभयो ।
बृहत किसिमले मन्दिरको प्रचारप्रसार गरि उद्घाटन गर्ने लक्ष्य भएपनि अहिलेको कार्यक्रम पछी सारेको न्यौपानेको भनाइ छ ।
पैराणिक मान्यता अनुसार सोहि ठाँउमा तारा खसेकाले नामाकरण गर्दा ताराखसे राखिएको हो ।यस्तै मन्दिर परिसरमा किंवदन्तीअनुसार परापूर्वकालमा उल्का पात हुँदा उक्त स्थानमा एक प्राकृतिक पोखरीको स्थापना भएको थियो । सोही उल्काको एउटा टुक्रा केही तल गई अर्को प्राकृतिक पोखरी बनेको थियो । उक्त पोखरीलाई चुरनपोखरी नामकरण गरिएको जनविश्वास रहिआएको स्थानीयले बताउँदै आएका छन ।
मन्दिर परिसरभित्र विभिन्न देवीका साथै शिव, गणेश र नागका मूर्ति छन् । यहाँ तीज, शिवरात्रि, रामनवमी, बाला चतुर्दशी, जन्माष्टमी र दसैँमा ठुलो मेला लाग्ने गर्दछ ।
गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठका अनुसार मन्दिरको संमरक्षण आफुहरु पनि लाग्ने बताउनुभयो। जिल्लाकै एउटा गहनाको रुपमा निर्माण भएको मन्दिरमा धेरै भन्दा धेरै आन्तरिक पर्यटक ल्याउनको लागि पहल गर्ने भनाइ छ ।
कमेन्ट गर्नुहोस !