भुमिकास्थानमा अज्ञात व्यक्तीले धारिलो हतियार प्रहार गरि घाइते भएकी महिलाको भैरहवामा उपचार हुँदै

सन्धिखर्क।अर्घाखाँचीमा अज्ञात व्यक्तीले धारिलो हतियार प्रहार गर्दा एक महिला गम्भीर घाइते भएकी छिन।जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ८ ताराखसेकी ६५ वर्षिय तेजकला पौडेललाइ अज्ञात ब्यक्तिले शुक्रबार बेलुका धारिलो हतियार प्रहार गरेको थियो ।
घाइते पौडे्लको टाउको,गाला,गर्धनमा चोट लागेको छ ।बेलुकाको खाना खाने समयमा अज्ञात व्यक्तीले धारिलो हतियार प्रहार गरेर फरार भएका थिए ।
घाइतेलाई जिल्ला अस्पताल अर्घाखाँचीमा सामन्य उपचारपछि गएराति थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए ।
घटनाको अनुसन्धान भैरहेको उनले बताए ।घरमा एक्लै बस्दै आएकी पौडेलका एक छोरा रोजगारीको लागि विदेशमा छन भने एक छोरीको विवाह भएको छ।
कमेन्ट गर्नुहोस !