छोराको मृत्यु भएपछि बुहारीको कन्यादान

बुटवल।३ वर्ष अगाडि आफ्नो छोराको मृत्यु भएपछि बुहारीलाई छोरीको रुपमा लिदै आएका गुल्मीका लक्ष्मीधर गौतमले २४ वर्षकी बुहारी धनाको विवाह गरिदिएका छन्। लक्ष्मीधर गौतम भन्छन्, कलिलो उमेरमा सिउँदो पुछियो। मैले धनालाई भनेको थिए यतै बस्छौं भने तीन भाइको अंश कायम नै छ, बिहे गर्छौं भने छोरी झैँ अन्माएर पठाउँछु भनेका थिए सोहि बमोजिम विवाह गराइदिएका छन ।लक्ष्मीधरका छोरा ध्रुव गौतमको करेन्ट लागेर तीन वर्षअघि निधन भएको थियो। निधनको समयमा ध्रुव २७ वर्षका थिए। निधनको तीनवर्ष अघि नै २०७४ ध्रुवको धनासँग बिहे भएको थियो।


धनाको पछिल्लो विवाह अमृत पौडेलसँग भएको छ। दुवैले एक अर्कालाई मन पराएरमागी विवाह गर्ने प्रस्ताव ल्याएको लक्ष्मीधर बताउँछन्।लक्ष्मीधरले विवाह बुटवलबाट गराइदिएका हुन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close