सन्धिखर्कमा सम्पन्न, प्रदेशस्तरी भलिबल प्रतियोगितामा गुल्मी प्रथम बन्यो

सागर महत ,अर्घाखाँची।
लुम्बिनी प्रदेशकोे आयोजनामा अर्घाखाँचीको सन्धिखर्कको टुँडिखेलमा जारी मुख्यमन्त्री कप प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा गुल्मी प्रथम ,पाल्पा दृतिय तृतिय नवलपरासी र सान्त्वना अर्घाखाँची भएको छ ।
बिजेतालाई लुम्बिनी प्रदेशका भौतिक योजना बिकास मन्त्री भुमिश्वर ढकालले पुरस्कार वितरण गर्नुभएको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार १लाख ,दृतिय पुरस्कार ६५ हजार तृतिय पुरस्कार ३५ हजार ,सान्त्वना १५हजार साथमा मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिएको हो ।यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार ,उत्कृष्ट ६ बिधाहरुलाइ ५ हजार पुरस्कार मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ।प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागीता रहेको थियोे ।फाइनल खेल हेर्न हजारौं दर्शकको सहभागीता रहेको थियो।
कमेन्ट गर्नुहोस !